नयाँ बसपार्कबाट राजस्वको कर्मचारी भन्दै ठगी गर्ने आठ जना पक्राउ
काठमाडौँ । प्रहरीले ठगी र कीर्ते संलग्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौँ २६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचय पत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले शुक्रबार ४ बजे पक्राउ गरेको हो ।
उनीहरूले विभिन्न होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका लागि आएका हौँ भनी नयाँ बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरूले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गरिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बिनबहादुर बिक, सृजना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दूधकला बिक, अञ्जना तामाङ, राजिब बिष्ट र डेबिड धामी छन् ।
उनीहरूको साथबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजस्वसम्बन्धी किताबहरु र आन्तिक राजस्व कार्यालयको परिचयपत्र सात थान बरामद गरेको प्रहरीले जनाएको छ ।
पीडितहरूबाट प्राप्त रसिद र मोबाइल पेबाट समेत गरी जम्मा पाँच लाख आठ हजार ६४० रुपैयाँ संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
प्रतिक्रिया