पाकिस्तानमा ५४ छोराछोरीका बुवाको मृत्यु, ७५ वर्ष हुँदासम्म ट्रक चलाएर परिवार पाले

काठमाडौँ । ५४ सन्तान र ६ पत्नीका परिवार भएका पाकिस्तानी अब्दुल मजिदको हृदयघातका कारण मृत्यु भएको छ । उनी नोस्की जिल्लामा बस्ने ७५ वर्षीय ट्रक चालक हुन् ।
अब्दुलले आफ्नो मृत्युको ५ दिनअघिसम्म ट्रक चलाएको उनका छोरा शाह वलीले बताए । वलीले भने, ‘हामीमध्ये धेरैले पढेका छौँ, तर रोजगारी पाएका छैनौँ, त्यही भएर हामीले बुवाको उचित उपचार गराउन सकेनौँ, बाढीले घर पनि ध्वस्त भएको छ ।’
जीवनभर ट्रक चलाएका अब्दुलले महिनामा १५ हजारदेखि २५ हजार पाकिस्तानी रुपैयाँ मात्र कमाउन सक्थे । उनका जेठो छोरा ३७ वर्षीय अब्दुल वलीले पनि बुबाले जस्तै ट्रक चलाउँदै आएका छन् ।
दुई श्रीमती र १२ छोराछोरीको मृत्यु
अब्दुल २०१७ को जन गणनाको समयमा चर्चामा आएका थिए । त्यो पाकिस्तानमा १९ वर्षपछिको जन गणना थियो ।
जनगणना टोलीले अब्दुल ४ श्रीमती र ४२ सन्तानसँग बस्दै आएको पत्ता लगाएका थिए । सोही समयमा उनका दुई श्रीमती र १२ सन्तानको मृत्यु भइसकेको थियो ।उनको पहिलो विवाह १८ वर्षको उमेरमा भएको थियो ।
उनको सात कोठाको घरमा उनका २२ छोरा र २० छोरीहरू सँगै बस्थे । उनीहरू पालैपालो बालबालिकालाई भेट्ने र पारिवारिक कार्यक्रममा सहभागी हुने गरेका छन् ।
उनीका अधिकांश बालबालिका १५ वर्ष मुनिका छन् । उनकी कान्छी छोरी ७ वर्षकी छन् । एजेन्सी
















सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया