शुक्रबार, चैत ६, २०८२

मदिरा पसलमा आगलागी हुँदा ८० लाख रुपैयाँ क्षति

मेरोन्यूज २०७९ मंसिर २५ गते २१:१५

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ओम शान्ति ट्रेडर्स मदिरा पसलमा विद्युतको तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब ८० लाख बराबरको क्षति भएको साहले बताएका छन् ।

साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, पङ्खा, हिटर, फर्निचर, नगद १० लाखका साथै ३५ लाख बराबरको मदिरा जलेर नष्ट भएको छ ।

राजविराज नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगोलाई नियन्त्रणमा लिन दुई घण्टा लागेकाले पसल भित्रको सबै समान खरानी भएको पसल सञ्चालकका दाजु अनिलकुमार साहले जानकारी दिए ।

प्रतिक्रिया