बुधबार, माघ १४, २०८२

सुतिरहेको अवस्थामा महिलाको विभत्स हत्या

मेरोन्यूज २०७९ मंसिर २६ गते ९:५१

काठमाडौँ । धनुषामा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । बटेश्वर गाउँपालिका ५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवीको हत्या भएको हो ।

प्रहरीका अनुसार आइतबार राति ११ बजे धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको हो । घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया