शुक्रबार, चैत ६, २०८२

सनिगाड हाइड्रो लिमिटेडको साधारण शेयर निष्काशन गर्ने सम्झौता

मेरोन्यूज २०७९ मंसिर २६ गते ११:०३

काठमाडौँ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिशेयर सय रुपैयाँ अकिंत दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता निष्काशन गर्न सन्राइज क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

साधारण शेयर निष्काशन कार्यका लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाटमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

जारी पुँजी दुई करोड २५ लाख रहेको सनिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया