नेपालमै पहिलोपटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

काठमाडौँ । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माइ सेकेण्ड टिचर र आरभिआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो ।
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जस अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुने भएको छ । कक्षा
फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ ।
विश्वको चर्चित मानिएको आरभिआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सम्पुर्ण सहयोग गर्नेछ । सिंगापुरमा कार्यालय रहेको आरभिआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ । आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए ।
‘निकट भविष्यमा चार निकायको सहकार्यम थाइल्याण्ड र म्यानमारमा अनलाईन कक्षा सञ्चालन कक्षा सञ्चालन गर्ने छौँ,’ प्रमुख कार्यकारी अधिकृत एङगले भने ।
इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्नेछ । जसअन्तर्गत कलेजले विद्यार्थी परामर्शदेखि भर्ना प्रकृया र विद्यार्थीको क्षमता अभिवृद्धि गराउने व्यवस्था गर्ने लगायतको मुख्य भुमिका रहनेछ ।
इस्लिङट्न कलेजका संकाय पनि मूल्याङ्कन विकास प्रक्रिया सिर्जना गर्न साथै लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको दिशानिर्देश अनुसार मार्किङ प्रक्रियाहरू सञ्चालन गर्न जिम्मेवार हुने कलेजका अध्यक्ष शुलभ बुढाथोकीले बताए
।
यो साझेदारीमा समावेश गरिएको अर्को अग्रगामी पहल र सायद सबैभन्दा महत्त्वपूर्ण मध्ये एक, अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा माइ सेकेन्ड टिचरको प्रयोग गर्दै छ । माइ सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने छ र तिनीहरूको असाइनमेन्टहरू पनि सोहि प्लेटफर्ममा वितरण गर्ने माइ सेकेण्ड टिचरका संस्थापक डा.बेन्सन सुङले जानकारी दिए ।
अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकको पदपुर्ति लगायतका सम्पूर्ण काम माइ सेकेन्ड टिचरले गर्नेछ । सम्झौतापत्रमा आरभिआइ ग्रुपका आर्गस एङ्ग, माइ सेकेन्ड टिचरका संस्थापक डा.बेन्सन सुङ, इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए ।
यसको आधिकारिक उद्घाटनले दक्षिण एशिया भरिका धेरै विद्यार्थीहरूलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको प्रतिस्पर्धात्मक बिजनेस पाठ्यक्रममा थप पहुँच दिनेछ । साथै इस्लिङट्न कलेजका उद्योग–अग्रणी संकाय र प्रशासनिक कार्यहरू विश्वव्यापी स्तरमा दोहोरिने माध्यम प्रदान गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षरपछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ठ शिक्षा दिन सफल इस्लिङट्न कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपुर्ण विषय भएको बताए ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया