भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौँ । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ । समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा सोमबार बसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको छ ।
उक्त शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकहरु लगायतको उत्साहजनक सहभागी रहेको थियो । यस कार्यक्रममार्फत, भिभोले रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको हो ।
शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो । जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो ।
कार्यक्रम काठमाडौं शहरको मुटुमा अवस्थित सांस्कृतिक महत्व बोकेको बसन्तपुत दरबार स्क्वायरमा आयोजना भएको थियो । यसबाहेक, रक्तदानले दुर्घटनाका घाइतेहरु, गम्भीर रोगका बिरामीहरू लगायतलाई उनीहरूको चिकित्सा उपचारको विभिन्न चरणहरूमा जीवन बचाउन सहयोग पुर्याउनुका साथै रक्तदाताहरूका लागि पनि फाइदाजनक छ किनभने यसले रक्तचाप कम गर्छ र हृदयघातको जोखिम पनि कम गर्दछ ।
भिभो नेपालका सिइओ माइकलले भने, “एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा, हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तिकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो । हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरुप्रति आभारी छौं । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।”
















मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया