बुधबार, माघ १४, २०८२

मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याएको २४ लाख रुपैयाँ नियन्त्रण

मेरोन्यूज २०७९ मंसिर २७ गते १७:५५

काठमाडौँ । मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय उमेश कुमार रहेका छन् ।

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ इटहर्वास्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले उनलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलमा उक्त रकम नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका कुमारलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा र बरामद रुपैयाँ तथा मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

प्रतिक्रिया