नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता

काठमाडौँ । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लिबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लिको तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे ।
सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लिको मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रा.लिले नेपालका सबै बैंक खाताहरूमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशबाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।
बिगत १५ वर्षदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको साथै देश भर १० हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र बिगत एक दशकदेखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।
प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकले अब देशभर रहेका १५ हजार स्थानबाट बिदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्ने छन् ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया