पुसमा किन्डर ओलम्पिक हुने

काठमाडौं । आगामी पुस महिनामा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।
आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा विगत १० वर्षदेखि नियमित रुपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुने भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिनेछ । त्यसमा नर्सरी, युकेजी एलकेजीका साढे २ वर्षदेखि साढे ५ वर्षसम्मका साना खेलाडीहरुले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले आज बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा झन्डै १४ सय साना खेलाडीहरु समावेश हुने जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरुलाई खेलकुदतर्फ आकर्षित गर्ने उदेश्यले किन्डर ओलम्पिकको आयोजना गर्न लागेको जानकारी दिइन् ।
हजार भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको छ । प्रतिष्पर्धी विद्यार्थीहरु एउटै खेलथलोमा प्रतिष्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजकको दाबी छ । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया