बलिउड अभिनेता विवेक ओबराय नेपालमा,आज पशुपति दर्शन गर्न जाने

काठमाडौं । दशदिने नेपाल भ्रमणको लागि बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम छ ।
विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ ।उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।
उनले भने, ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया