आप्रावासी बोकेको डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु

लन्डन । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ ।
फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए ।
मानव बेचबिखन गर्ने आपराधिक गिरोहले गैरकानुनी ढंगले आप्रावासीलाई तेस्रो देशमा लैजाने क्रममा बारम्बार डुंगा दुर्घटना बढ्ने गरेका छन् । यी विषयलाई नियन्त्रण गर्न आप्रवासन प्रधानमन्त्री ऋषि सुनकको सरकारको मुख्य प्राथमिकताको मुद्दा बनेको छ ।
तटीय गार्डको नेतृत्वमा खोज र उद्धार कार्यपछि चार जनाको मृत्यु भएको पुष्टि भएको प्राप्त विवरण जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।
यसअघि सन् २०२१ को नोभेम्बरमा एउटा डुंगा समुद्र पार गर्ने प्रयास गर्दा इङ्लिस नहरमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।एजेन्सी










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया