शनिबार, चैत ७, २०८२

नेप्से परिसूचक दोहोरो अंकले गिरावट

मेरोन्यूज २०७९ मंसिर २९ गते १५:२६

काठमाडौँ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४‍.४८ अंकले घटेको बजार आज १८८२.६० बिन्दुमा पुगेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट एक अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार रुरु जलविद्युत परियोजनाको मूल्य ९.९९ प्रतिशतले बढ्दा ८१७.१० रुपैयाँ पुगेको छ । इस्टर्न हाइड्रोपावरको ९.९७, माउन्टेन इनर्जीको ७.६१ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया