शनिबार, चैत ७, २०८२

बजार महँगी ८ प्रतिशत पुग्ने, कुन प्रदेशमा कति ?

मेरोन्यूज २०७९ मंसिर २९ गते १६:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको बजार महँगी करिब ८ प्रतिशत हुने बताएको छ । बैंकले बिहीबार चालू आर्थिक वर्षको चार महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कात्तिक महिनाको बजार महँगी (मुद्रास्फीति) ८.०८ प्रतिशत कायम हुने जनाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

मुद्रास्फीति हुनेमा खाद्य तथा पेय पदार्थ समूहमा ७.३८ प्रतिशत र गैर खाद्य तथा सेवा समूहमा ८.६३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत रहने पनि जनाएको छ । मालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

०७८ कात्तिक महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रतिक्रिया