पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ ।
तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र विदेशी हवाइ कम्पनीले समेत चासो देखाएका प्राधिकरणले जनाएको छ ।
विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन् ।
पोखराका मेयर धनराज आचार्यले आफुसँग पनि विभिन्न ४ वटा विदेशी एयरलाइन्स कम्पनीले भेटेरै पहिलो उडानमा चासो दिएको बताए । ‘मसँग ज्ञारेण्टी माग्नुभएको छ । केही आन्तरिक व्यवस्थापन हामीले मिलाउनुपर्ने भएको छ,’ उनले भने, ‘४ वटा कम्पनीले मलाई नै भेटेर सहजीकरणको प्रश्ताव गर्नु भएको छ ।’ खासगरी पोखराको ल्याण्डफिल साइट हटाउन नसक्दा अहिले बढी समस्या देखिएको छ ।
बुद्ध एयरले पोखरालाई हब बनाएर भारतका तीन प्रमुख शहरमा उडान भर्ने तयारी गरेको छ । बनारस, नयाँ दिल्ली र देहरादुनमा बुद्धले उडान भर्न लागेको हो । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट समेत भैसकेको छ । प्रतिवेदन पाएपछि उडानका लागि थप सहयोग पुग्छ । क्यालिब्रेसन फ्लाइटका लागि थाइ एयर पोखरा आएको थियो ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया