किड्स डान्स, र्याप र डेटिङ तीन वटा रियालिटी शो आउँदै

काठमाडौँ । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरूको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो ।
काठमाडौँको एक होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर केले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरेको छ ।
पत्रकारको सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् ।
त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुइटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, बलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन् । फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सञ्जिप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् ।
कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमतालाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरुलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरु ल्याइएको बताए । तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उनले यी शो मनोरन्जन र सन्देशमूलक दुवै हुने बताएका थिए ।
कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाहरुको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरुमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताए । उनले बालबालिकाहरु काचो माटो भएको र उनीहरुमा भरपूर सिर्जनात्मकता हुने बताए ।
त्यसैगरी र्याप स्टारका निर्णायक तथा चर्चित र्यापर गिरिश खतिवडाले नेपाली समाजमा र्यापलाई हेर्ने दृष्टिकोण फरक भए पनि र्याप विधाले समाजको चित्रण गर्ने बताएका थिए ।
डेटिङ रियालिटि सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुने छन् ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया