शल्यक्रिया गर्न करिब ४३ करोड रुपैयाँ घुस लिने डाक्टरलाई पाँच वर्ष जेल

काठमाडौँ । एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर अर्थात ४३ करोड २३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।
अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा. लोकेश एस। तन्तुवायाले लङ वीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ ।
न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् ।
सन् २०१० देखि २०१३ सम्म डा. तन्तुवायाले लङ बिचको प्यासिफिक अस्पतालका मालिक माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरे वापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रकारअनुसार घुस रकम फरकफरक हुन्छ,’ अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
















सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
होर्मुजमा जहाज आवागमन सहज बनाउन अमेरिकाले प्रोजेक्ट फ्रीडम’ सुरु गर्दै
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया