बुधबार, माघ १४, २०८२

शल्यक्रिया गर्न करिब ४३ करोड रुपैयाँ घुस लिने डाक्टरलाई पाँच वर्ष जेल

मेरोन्यूज २०७९ पुष २ गते १३:५६

काठमाडौँ । एक भारतीय मूलका अमेरिकी चिकित्सकलाई मेरुदण्डको शल्यक्रिया गर्नको लागि लगभग ३३ लाख डलर अर्थात ४३ करोड २३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।

अस्पतालमा मेरुदण्डको शल्यक्रिया गर्न अवैध रूपमा उक्त रकम स्वीकार गर्ने भारतीय मूलका एक अमेरिकी चिकित्सकलाई उक्त सजाय सुनाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

क्यालिफोर्नियाका ५५ वर्षीय न्युरोसर्जन डा. लोकेश एस। तन्तुवायाले लङ वीचको एक अस्पतालमा शल्यक्रिया गरेका थिए । ठगी गरेको आरोपमा अस्पतालका सञ्चालकलाई पनि जेल चलान गरिएको छ ।

न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार डा तन्तुवेयाले सेप्टेम्बर १ दोषी स्वीकार गरेका थिए । उनी मे २०२१ देखि संघीय हिरासतमा छन् ।
 
सन् २०१० देखि २०१३ सम्म डा. तन्तुवायाले लङ बिचको प्यासिफिक अस्पतालका मालिक  माइकल ड्रोबोटबाट मेरुदण्डको शल्यक्रिया गरे वापत पैसा लिएका थिए । मेरुदण्डको शल्यक्रियाको प्रकारअनुसार घुस रकम फरकफरक हुन्छ,’ अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया