बिहीबार, वैशाख १७, २०८३

मेस्सीको क्रेज ! अर्जेन्टिनाको जर्सीको स्टक धेरै देशहरूमा सकियो

मेरोन्यूज २०७९ पुष ३ गते ९:२३

काठमाडौं । फिफा विश्वकप २०२२ को फाइनल खेल (आज) आइतबार हुँदैछ । अर्जेन्टिना र फ्रान्सको टोली आमनेसामने हुदैछन् । आज यी दुई देश उपाधि जित्नका लागि मैदानमा उत्रिदैछन् । नेपाल लगायत विश्वका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको नाम समर्थकहरुले पुकारिरहेका छन् । मेस्सीको यो विश्वकप अन्तिम पनि हो ।
जर्सी बनाउने कम्पनी एडिडासले एक विज्ञप्ति जारी गर्दै विश्वमा अर्जेन्टिनाको जर्सी किन्ने क्रेज देखिएकाले कतिपय देशमा स्टक लगभग सकिएको अवस्था रहेको बताएको छ ।
रोयटर्सको रिपोर्टका अनुसार विश्वभर अर्जेन्टिनाका जर्सी र किट्सको माग अचानक बढेको जानकारी दिएका छ। जसका कारण कतिपय स्थानमा स्टक घटेको छ । ‘कतै पनि स्टक सकिएन भनेर हामी निरन्तर प्रयासरत छौँ ।’ एडिडास अर्जेन्टिनाको आधिकारिक प्रायोजक हो, यो विश्वको सबैभन्दा ठूलो स्पोर्ट्स ब्रान्ड पनि हो। २०१८ रसिया विश्वकपको तुलनामा यसपटक माग बढी रहेको कम्पनीले जनाएको छ, यो झन्डै ३० प्रतिशत रहेको छ ।

Advertisement
NiccNicc

जर्मनी विश्वकपबाट बाहिरिएपछि कम्पनीको बिक्री घट्ने डर बजारमा थियो तर त्यसो भएन । कम्पनीले विश्वकपमा करिब ४२ करोड ५० लाख डलरको बिक्री गरेको छ । विश्वकपमा सात टोली थिए जसको प्रायोजक एडिडास थियो, जसमध्ये ३ टोली नकआउट चरणमा पुगेका थिए।

प्रतिक्रिया