मोड्रिचले तत्काल सन्यास नलिने घोषणा
'म अझै पनि उच्च स्तरमा प्रदर्शन गर्न सक्छु'

काठमाडौं । धेरैलाई क्रोएसियाका कप्तान लुका मोड्रिचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिन्छ भन्ने अडंकल गरेका थिए । तर उनले अहिले तत्काल सन्यास घोषणा नगर्ने बताएका छन् । स्पेनिस क्लब रियल मड्रिडका प्लेमेकरले कम्तिमा अर्को वर्षसम्म क्रोएसियाका लागि खेल्ने योजना बनाएको बताएका हुन् । क्रोएसियालाई विश्वकपमा तेस्रो स्थान दिलाउन सफल मोड्रिचले अर्को वर्ष जुनमा हुने नेसन्स लिग फाइनलसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने योजना बनाएका छन् । शनिबार राति मोरक्कोलाई २-१ ले हराएर क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो ।
३७ वर्षीय मोड्रिचले भने, ‘ ‘म राष्ट्रिय टोलीको आनन्द लिइरहेको छु,मलाई अझै पनि उच्च स्तरमा प्रदर्शन गर्न सक्छु जस्तो लाग्छ । म कम्तिमा नेसन्स लिगसम्म जारी राख्न चाहन्छु। यसले मलाई युरो २०२४ को बारेमा सोच्न समय दिनेछ ।’
मोड्रिचको यो अन्तिम विश्वकप हो । २०१८ को रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई उपविजेता बनाएका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया