अर्जेन्टिना मात्र होइन, विश्वभर मेस्सीको जित चाहने धेरै छन् : फ्रान्सका प्रशिक्षक डेस्च्याम्प्स

काठमाडौं । फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले तगातार उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा देखिन्छन् । सन् २०१८ मा डेस्च्याम्प्सको प्रशिक्षकमा फ्रान्सले उपाधि जितेको थियो ।
उनी अब लगातार दुई पटक उपाधि जिताउने दोस्रो प्रशिक्षक बन्ने सुरमा छन् । आईतबार (आज) अर्जेन्टिना र फ्रान्सबीच कतार फिफा विश्वकप फाईल खेल हुदैछ ।
‘मलाई थाहा छ अर्जेन्टिना मात्र होइन विश्वभर नै धेरैको चाहना मेस्सीले विश्वकप जितुन् भन्ने छ । हुनसक्छ यसमा फ्रान्सकै केही पनि छन् । तर हामी आफ्नो लक्ष्य पूरा गर्न आएका हौं ।’ डेस्च्याम्प्सले भने,’मलाई खेलबारे कुनै चिन्ता छैन । महत्त्वपूर्ण खेलको तयारी गर्दा ध्यान केन्द्रित गर्न जरुरी छ । म त्यसमा ध्यान दिइरहेको छु ।’
फ्रान्समा केही खेलाडी बिरामी परेपछि टोली समस्यामा थियो । सेमिफाइनलमा दुई खेलाडी गुमाएको फ्रान्सका लागि त्यसयता ५ खेलाडीले प्रशिक्षण गुमाएका थिए । तर शनिबार सबै प्रशिक्षणमा सहभागी भएको डेस्च्याम्प्सले जानकारी दिए ।
फाइनलअघि फ्रान्सका फरवार्ड करीम बेन्जेमा टोलीमा फर्कने चर्चा चलेको थियो ।
टोली कतार आएपछि चोट बोकेर फर्केका उनको नाम भने अझैपनि टोलीमा छ । तर प्रशिक्षक डेस्च्याम्प्सले उनी फर्कने कुनै सम्भावना नरहेको बताए ।
घाइते खेलाडीबारे बारम्बार कुरा गर्नु राम्रो होइन । अब खेल हेर्न को आउँछ भन्ने मेरो नियन्त्रणमा रहेन । मेरो लागि फाइनल खेल्न २४ खेलाडी उपलब्ध छन् भन्नेमा प्रष्ट छु,’ डेस्च्याम्प्सले भने ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया