शनिबार, चैत ७, २०८२

धनगढीमा एनओजी राइड सम्पन्न

मेरोन्यूज २०७९ पुष ३ गते १४:५२

काठमाडौँ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

राइड शनिबार धनगडी शोरुमबाट शुरु भएर शालिनी वाटिका एण्ड इको रिसोर्ट-गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न गेम खेलाइएको थियो ।

साथै, सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । करिब ५० जना राइडर सहभागी उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी गरिएको थियो ।

प्रतिक्रिया