घरमा आगलागी हुँदा फिलिपिन्समा सात जनाको मृत्यु, तीन बेपत्ता
मेरोन्यूज
२०७९ पुष ३ गते १९:२१
काठमाडौँ । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुई तले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
आगलागी स्थानीय समयअनुसार बिहान ९ बजे लागेको अग्निनियन्त्रक युजिन ब्रियोनेसले बताए ।
प्रारम्भिक अनुसन्धान उद्धृत गर्दै ब्रिओन्सले बताएअनुसार घरमा १० जनाको परिवार बसोबास गर्ने गरेको बुझिएको छ ।
उनका अनुसार अग्नि नियन्त्रकहरूले बेपत्ता भएका अन्य तीन जनाको खोजी गरिरहेका छन् । आगलागी हुँदा उनीहरु घरबाहिर थिए वा थिएनन् भन्ने यकिन हुन सकेको छैन ।
आगो लाग्दा पीडितहरू निदाएकाले भाग्न नसकेको भएको ब्रिओन्सले बताएका छन् । आगलागी के कारणबारे अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया