दमक अस्पतालमा एकीकृत उपचार कक्ष सुरु

काठमाडौँ । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृत उपचार कक्षको शुभारम्भ गरिएको छ ।
फेयर मेड नामक गैरसरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा सो कक्ष स्थापना गरिएको हो । सरकारले उन्मूलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ती रोग पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढिरहेको तथ्याङ्क सार्वजनिक भएपछि विश्व स्वास्थ्य सङ्गठनको समेत ध्यान त्यसतर्फ केन्द्रित भएकाले ती रोगको उपचारमा ध्यान गएको हो ।
दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उद्घाटन गर्दै सो सेन्टरबाट दमकवासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकावासीले समेत लाभ लिन सक्ने बताए । उनले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टीका टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउन आवश्यक भएको बताए ।
अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णताः दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीको व्यवस्थापन काममा लागेको पनि उनले जनाए । कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसार्इंले रोग लागेपछि उपचार गर्नु आवश्यक भए पनि रोग लाग्नै नदिने उपायको अवलम्बन गरिनु आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका अधिकृत नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीह हस्तान्तरण गरे । उनले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा अझ उपलब्धिमूलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य ख्यामकुमारी परियार, शारदा भट्टराई, दमक १ का वडाध्यक्ष हरि न्यौपाने, वडा नं ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल, ९ का वडाध्यक्ष कुवेर भट्टराई, आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा प्रकाश शर्मा, नमस्ते पब्लिक हस्पिटलका मेसु डा बेदनिधि खतिवडा, निम्स नेशनल हस्पिटलका मेसु डा नवीन सिंहलगायत स्वास्थ्य सरोकारवाला सहभागिता रहेको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया