सेयर बजारमा सामान्य सुधार, चार अंककाे वृद्धि

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे । नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो ।
आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ।
यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ ।
आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएकाे छ । सबैभन्दा धेरै अन्य इन्डेक्समा करिब २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।
















निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया