चिकित्सकलाई पनि लाग्यो चुनाव, आज उमेदवारी दर्ता

काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि आज उमेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उमेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए ।
उनका अनुसार अध्यक्षमा डा. सन्तोष पौडेल, डा. शिवजीविक्रम सिलवाल र डा. अनिलविक्रम कार्की तथा महासचिवमा डा.सञ्जीव तिवारी, डा.रक्षा श्रेष्ठ र डा. अमृत भुसालको उमेदवारी परेको छ ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक–एकजनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदै छ । त्यसैगरी संघ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदै छ ।
उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजना मात्र उमेदवारको मनोनयन परेको छ ।
उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौं उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदै छ । चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको उनले बताए ।
निर्वाचनमा मतदाता १२ हजार ८३४ जना रहेका थिए । उपत्यकाबाहिर मतपत्र र उपत्यकामा विद्युतीय मतदान गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत डा। रानामगरले जानकारी दिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया