दीपा र पुनम सुडान ‘मिसन’ मा
मेरोन्यूज
२०७९ पुष ५ गते १०:०९

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वसदस्यद्वय दीपा राई र पुनम जर्घामगर नेपाली सेनाको ‘मिसन’ अन्तर्गत सुडान प्रस्थान गरेका छन् । त्रिभुवन आर्मी क्लबमा आवद्ध दुबै खेलाडी सोमबार राति दक्षिण सुडान प्रस्थान गरेका थिए ।
गत असोज पहिलो साता नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिपबाट दुई खेलाडीले औपचारिक सन्यासको घोषणा गरेका थिए । दुई खेलाडीसँगै इन्दिरा राईले समेत राष्ट्रिय टोली त्यागेको घोषणा गरेकी थिइन् ।
रक्षक पुनम र मिडफिल्डर दीपा ‘मिसन’ मा एक वर्ष रहनेछन् । फर्किएपछि दुबैले क्लब फुटबलमा ध्यान दिने बताएका छन् । दुई खेलाडीसँगै आर्मीकी सपना लामा मिसनमा पुगेकी हुन् ।
दीपा र पुनम दुबैले सन् २०१४ पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा डेब्यु गरेका थिए । पुनमले राष्ट्रिय टोलीबाट ३९ खेल खेल्दा दीपाले ३६ खेल खेलेर एक गोल गरेकी थिइन् ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया