फिल्मको अभिनयलाई लिएर एक्साइटेड छुः सन्दीप क्षेत्री

चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको वरीपरी घुमेको छ । ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदलालाई दर्शाइएको छ । चलचित्रको ट्रेलरमा कलाकार सन्दीप
क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेटिएको छ ।
पुष्पको एमिलीसँगको प्रेमकथालाई ट्रेलरमा देखाइएको छ । प्रेमकथामा निर्माण गरिएको ‘तिम्रो मेरो
साथ’लाई रमेश एमके पौडेलले निर्माण एवं निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले फिल्ममा नयाँ किसिमको लभ स्टोरी रहेको बताए । उनले चलचित्रमा माया, साथ, सहयोग र विश्वासघातलाई देखाइएको बताए । त्यस्तै अभिनेता सन्दीप क्षेत्रीले फिल्मले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए । उनले कुनैपनि निर्माताले पैसा टन्न भयो, व्यापार राम्रो चलिरहेको छ, अब अलिकति डुब्दिऔँ न त भनेर चलचित्र नबनाउने भन्दै सबैले राम्रोसँग साथ दिने बताउनु भयो । उहाँले फिल्ममा आफ्नो
अभिनयलाई लिएर एक्साइटेड रहेको बताए
पासाङ लामा, अर्णव पौडेल र आर्यन पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी
निर्माता र पटकथा लेखकको रुपमा सविर श्रेष्ठ गरेका हुन् । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का, सन्दीप क्षेत्री, एमिली लामा,
सरोज खनाल, खडक बि पुन, दिपिशा केसी लगाायतका कलाकारहरुको अभिनय रहेको छ । एमिली लामाको भने यो डेब्यु चलचित्र हो । फिल्ममा शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र पुस २९ देखि देशभर प्रदर्शन हुनेछ ।
















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया