फिल्मको अभिनयलाई लिएर एक्साइटेड छुः सन्दीप क्षेत्री

चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रका मुख्य कलाकारहरू अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको वरीपरी घुमेको छ । ट्रेलरमा उनीहरुबीचको प्रेम, रोमान्स, बदलालाई दर्शाइएको छ । चलचित्रको ट्रेलरमा कलाकार सन्दीप
क्षेत्री, एमिली लामा, सरोज खनाल लगायतलाई समेटिएको छ ।
पुष्पको एमिलीसँगको प्रेमकथालाई ट्रेलरमा देखाइएको छ । प्रेमकथामा निर्माण गरिएको ‘तिम्रो मेरो
साथ’लाई रमेश एमके पौडेलले निर्माण एवं निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै अभिनेता पुष्प खड्काले फिल्ममा नयाँ किसिमको लभ स्टोरी रहेको बताए । उनले चलचित्रमा माया, साथ, सहयोग र विश्वासघातलाई देखाइएको बताए । त्यस्तै अभिनेता सन्दीप क्षेत्रीले फिल्मले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए । उनले कुनैपनि निर्माताले पैसा टन्न भयो, व्यापार राम्रो चलिरहेको छ, अब अलिकति डुब्दिऔँ न त भनेर चलचित्र नबनाउने भन्दै सबैले राम्रोसँग साथ दिने बताउनु भयो । उहाँले फिल्ममा आफ्नो
अभिनयलाई लिएर एक्साइटेड रहेको बताए
पासाङ लामा, अर्णव पौडेल र आर्यन पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी
निर्माता र पटकथा लेखकको रुपमा सविर श्रेष्ठ गरेका हुन् । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का, सन्दीप क्षेत्री, एमिली लामा,
सरोज खनाल, खडक बि पुन, दिपिशा केसी लगाायतका कलाकारहरुको अभिनय रहेको छ । एमिली लामाको भने यो डेब्यु चलचित्र हो । फिल्ममा शिव ढकालको छायांकन, सुवास भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र पुस २९ देखि देशभर प्रदर्शन हुनेछ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया