पजियार मेमोरी पावरमा दुई पटक रेकर्ड राख्ने संसारकै पहिलो नेपाली

काठमाडौ । एक मिनेटमा ५९ शब्दलाई स्मरण गरेर डा.नवल पजियारले दोस्रो विश्व किर्तीमानी राखेका छन् ।
यस अघि उनले २०२० मा एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्डस् मा नाम लेखाएका थिए ।
डा.नवल पजियारले दुई वटा शिर्षकमा ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका छन् । मेमोरी पावरमा दुई पटक रेकर्ड राख्ने संसारकै पहिलो नेपालीमा उनको नाम दर्ता भएको छ ।
डा. पजियार संसारकै धेरै मेमोरी राख्न सक्नेमध्ये व्यक्तिभित्र पर्छन् । उक्त विधामा गिनिज बुकको रेकर्ड र गुगलमा भेटिने नाम आफ्नो मात्रै भएको सुनाए । ‘मैले नेपाललाई विश्वसामु चिनाउने काम गरेको छु । ज–जसले बजारमा भ्रम फैलाएका छन् तिनीहरुलाई बोलाएर प्रमाणपत्र, क्षमता, सीपबारे पत्रकारले सोध्नुपर्यो ।’ उनले भने । आफू मेमोरी किङ भएको असत्य भ्रम फैलाउनेहरुलाई लक्षित गर्दै आफ्नो सम्पर्कमा आए आफैले शब्द स्मरण गर्ने तरिका सिकाइदिने पनि बताए ।
जनकपुर उपमहानगरपालिका– १६ कपिलेश्वरमा जन्मिएका पजियारले कतिपय व्यक्तिहरुलाई जनतामाझ झुटो प्रचार नगर्न र असत्य कुराको भ्रम नफैलाउन आग्रह गरे । कतिपयले आफ्नो व्यवसाय बढाउनको लागि ‘म मेमोरी ट्रेनर’ हो भनेर भ्रम फैलाएको उनले टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले गिनिज बुक संसारभरको रेकर्डहरुको संगालो भएको बताउदै मेमोरी पावरले राम्रो निर्णय गर्न प्रेरित गर्ने बताए । ‘त्यो रेकर्डको संगालोमा आफूलाई समाविष्ट गर्ने लक्ष्य लिएर काम गर्नेहरुका लागि त्यो उपलब्धी आफैमा महत्वपुर्ण हुन्छ । विशिष्ट कार्य र योगदान गर्नसक्ने, विज्ञता हँसिल गर्नसक्ने व्यक्तिहरुबाट समाजले अपेक्षा पनि गरेको हुन्छ ।’
















चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया