नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा

काठमाडौँ । साधारण सेयरको प्राथमिक निष्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।
नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना सेयर धनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कूल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।
हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले चार करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । कर प्रयोजनका लागि आवश्यकसहित चार करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांशसमेत बाँड्ने छ ।
घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
















प्रकृतिको पूजा गर्दै उभौली सुरु
अक्षय कुमारकाे ‘भूत बंगला’ ले अहिलेसम्म कति कमायाे ?
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया