ब्राजिलका महान फुटबलर पेलेको अवस्था थप जटिल

रियो दि जेनेरियो । ब्राजिलका महान फुटबलर पेलेको उपचार गरिरहेको अस्पतालले उनको क्यान्सर, मिर्गौला र मुटुको समस्या झन बढेको जनाएको छ । ८२ वर्षीय पेलेको ‘मृगौला र मुटुको समस्यासँग सम्बन्धित थप हेरचाह आवश्यक’ रहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले भनेको छ ।
उनको हाल सामान्य वार्डमा उपचार भइरहेको छ । उनको केमोथेरापी उपचारको पुनः मूल्यांकन गर्न पेलेलाई नोभेम्बर २९ मा साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो । २१ सेप्टेम्बरमा कोलोन ट््युमर हटाउन शल्यक्रिया गरे देखि ८२ वर्षीय पेलेको केमोथेरापी भइरहेको छ । उनलाई श्वासप्रश्वासको संक्रमण भएको समेत उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
यस महिनाको सुरुमा पेलेलाई जीवनको अन्तिम हेरचाहमा राखिएको रिपोर्टलाई अस्वीकार गर्दै पेलेका छोरी केली नासिमेन्टो र फ्लाभिया अरेन्टेसले उनको स्वास्थ्यको बारेमा प्रशंसकहरूलाई आश्वस्त पार्न खोजेका थिए ।
‘एडसन एरेन्टेस डो नासिमेन्टोले क्यान्सर रोगको प्रोग्रेसन देखिएको र मृगौला र कार्डियक डिसफंक्शनसँग सम्बन्धित थप हेरचाहको आवश्यकता’ रहेको अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले विज्ञप्ति जारी गरेको केही मिनेटपछि नासिमेन्टो र अरेन्टेसले आफ्ना बुबा क्रिसमसको लागि घर नजाने इन्स्टाग्राममा उल्लेख गरेका छन् । एजेन्सी
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया