साम करन बने आईपीएल इतिहासकै महँगो खेलाडी

काठमाडौं । इङ्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनको इतिहासकै सबैभन्दा महँगो खेलाडीका रूपमा अनुबन्धित भएका छन् । शुक्रबार भएको अक्सनमा २४ वर्षीय करनलाई भित्र्याउन पन्जाब किङ्सले कीर्तिमानी १८ करोड ५० लाख भारतीय रुपैयाँ खर्चियो ।
यसअघि आईपीएल अक्सनमा दक्षिण अफ्रिकाका क्रिस मोरिस सबैभन्दा महँगोमा बिक्री हुने खेलाडी थिए । मोरिसलाई २०२१ मा राजस्थान रोयल्सले १६ करोड २५ लाखमा भित्र्याएको थियो ।
यसैगरी, आईपीएल इतिहासमा दोस्रो सर्वाधिक महँगो खेलाडी बनेका अस्ट्रेलियाका क्यामरून ग्रिन १७ करोड ५० लाख रुपैयाँमा मुम्बई इन्डियन्समा पुगेका छन् ।
शुक्रबार सम्पन्न अक्सनको तेस्रो महँगा खेलाडी बनेका इङ्ल्यान्डकै अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किङ्सले १६ करोड २५ लाख भारतीय रुपैयाँमा भित्र्याएको छ ।
सूचीको चौथो स्थानमा रहेका वेस्टइन्डिजका निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ ।
सुचीको पाँचौ स्थानमा रहेका इङ्ल्यान्डकै ह्यारी ब्रुक १३ करोड २५ लाख भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादमा अनुबन्धित भएका छन् ।
अक्सनमा कुल ८० खेलाडी लिलाम भएका छन् । जसका लागि आईपीएलका १० फ्रेन्चाइज क्लबहरूले एक अर्ब ६७ करोड भारतीय रुपैयाँ खर्चिए ।
















आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया