दक्षिण अफ्रिकामा ग्यास विस्फोट, १५ जनाको मृत्यु
मेरोन्यूज
२०७९ पुष १० गते २१:३४
काठमाडौँ । दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् ।
शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।
घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ ।
विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।
सम्बन्धित
















संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया