५५ लाख रुपैयाँ पेश्की लिएका ठेकेदार बेपत्ता
काठमाडौँ । सदरमुकाम दुनै–ल्यासिक्याप सडक खण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा सुरु हुन सकेको छैन ।
भेरी करिडोरअन्तर्गत पर्ने सडक खण्ड निर्माणका लागि ०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडक खण्डअन्तर्गत पर्ने यस खण्डको काम गराउन कार्यालयले बारम्बार ताकेता गर्दै आएको छ । तर, निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजिन कार्यालय चौहरजहारीका इञ्जिनियर दिलीप यादवले बताए ।
‘दुईपटक ठेक्का किन नतोड्ने व्यहोरासहितको ताकेता पत्र काटिसकेका छौँ, एउटा पत्र गत मंगलबार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौँ,’ इञ्जिनियर यादवले भने ।
‘सम्झौता भएलगत्तै काम सुरु गर्ने भनेर ५५ लाख पेश्की रकम रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो,’ उनले थपे ।
आयोजनामा कूल लागत १३ करोड ४१ लाख खर्च हुनेछ । सडक खण्ड दुनै–ल्यासिक्याप सडक खण्ड काइके, डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल–चीन सिमामा पर्ने मोरिम्ला नाका पुग्नेछ ।
















कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया