शुक्रबार, चैत ६, २०८२

प्रचण्डलाई सेयर बजारको स्वागत, भारी अंकले बढ्यो नेप्से

मेरोन्यूज २०७९ पुष ११ गते १५:४६

काठमाडौँ । सोमबार बिहानैदेखि उकालो लागेको नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भएको छ । आज १९२४.०७ विन्दुमा पुगेर रोकिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

निरन्तर ओरालो लाग्दै आएको नेप्से नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएसँगै उकालो लागेको हो । उनले आज प्रधानमन्त्री पद तथा गोपनीयताको सपथ लिँदै छन् ।

आज कूल २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब नौ करोड ७० लाखभन्दा बढीको सेयर कारोबार  भएको छ ।

नेपाल दुर सञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।

गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९।९९ प्रतिशतले वृद्धि भएको छ । 

आज १३ वटा उपसूचकमध्ये अन्य सुचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ । बाँकी सबै उपसूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया