शनिबार, चैत ७, २०८२

पदभारपछि अर्थमन्त्री पौडेलले भने : अर्थतन्त्र सुधार गर्छु

मेरोन्यूज २०७९ पुष ११ गते १८:१५

काठमाडौँ । उपप्रधान तथा नवनिर्वाचित अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको सुधार गर्न पहल गर्ने बताएका छन् । पदभार ग्रहण गरेपछि उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यभार सम्हाल्दै उनले मुलुकमा देखिएको अर्थतन्त्र व्यवस्थापनमा लाग्ने बताए । ‘संकटमा रहेको अर्थतन्त्र सुधार गर्ने छु, के कारणले देशको अर्थतन्त्र के कारणले बिग्रेको हो पनि खोज्ने छु,’ उनले भने, ‘विज्ञसँग छलफल गरेर अगाडि जाने छु ।’

प्रतिक्रिया