शनिबार, चैत ७, २०८२

किन छाडिन् रविना देशराजले मेगा बैंक ?

मेरोन्यूज २०७९ पुष १२ गते १२:३२

काठमाडौं । रविना देशराजले मेगा बैंक छाडेकी छन्। उनले दिएको राजीनामा बैंक सञ्चालक समतिले सोमबार स्वीकृत गरेको हो। 

Advertisement
nepal life insurencenepal life insurence

मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीलेको कार्यकाल सकिएपछि उनले कायममुकायमको जिम्मेवारी पाएकी थिइन्। 
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदै छन्। मर्जरपछि पनि देशराज डेपुटी सीईओ बन्ने सहमति भएको थियो।

देशराजले राजीनामा दिएपछि मेगा बैंकले भने कामू सीईओको जिम्मेवारी तुल्सीराम पोखरेललाई दिएको छ। उनी नायम महाप्रबन्धको रुपमा कार्यरत थिए।

प्रतिक्रिया