सुविधाभन्दा बढी सुरक्षाकर्मी भए फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिको व्यवस्थाभन्दा धेरै सुरक्षाकर्मी राखेका विशिष्ठ व्यक्तिहरूसँग सेवा सुविधा फिर्ता गर्न माग गरेको छ ।
सोमबार नयाँ गृहमन्त्रीको पद बहाली भएसँगै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को’ व्यवस्थाभन्दा बढी सुरक्षाकर्मी भए फिर्ता गर्न सूचना जारी गरेको हो ।
‘विशिष्ट व्यक्तिहरूको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारबाट ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ, उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्व कर्मचारी–सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ,’ सूचनामा भनिएको छ, ‘कार्यविधिमा व्यवस्था गरिएभन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिन सबैमा अनुरोध छ ।’
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया