शनिबार, चैत ७, २०८२

करिब तीन वर्षपछि चीनमा सामान निर्यात

मेरोन्यूज २०७९ पुष १२ गते १८:०४

काठमाडौँ । करिब ३५ महिनापछि नेपालबाट रसुवागढी नाका हुँदै चीनमा सामान निर्यात भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कोरोना महामारीका कारण रोकिएको नाका मंगलबारदेखि पुनः सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

मंगलबार नेपालबाट आठ कन्टेनर सामान चीनतर्फ लगिएको छ । आज करिब ५० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको हो ।

कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत ०७६ माघ १५ देखि बन्द हुँदै आएको थियो । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो ।

प्रतिक्रिया