काकीको हत्या आरोपमा २० वर्षीय भतिजा पक्राउ

काठमाडौँ । धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् ।
सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टी बस्ने ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनका १४ महिनाको छोरा घाइते भएको प्रहरीले जानकारी पाएको थियो ।
प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजाले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गएको टोलीले घटनाको अनुसन्धान गर्दा महिलाका जेठाजुका छोरा २० वर्षीय दिलिप कुमार साहको संलग्नता देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।
मृतकको अनुहारमा गम्भीर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा फेला परेको थियो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औंला तथा घाटीको भागमा चिथोरिएको दाग देखिएको प्रहरीले जनाएको छ ।
दिलिपको शरीर खानतलासी गर्दा उनले लगाएको अन्डरवेयरभित्र कवितादेवीले प्रयोग गर्ने मोबाइल लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै, अण्डर वेयरको पछाडि भागमा रगतजस्तो पदार्थ लागेको अवस्थामा फेला परेको छ ।
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया