टाटाको मेगा सर्भिस क्याम्पको आजदेखि सुरु

काठमाडौँ । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।
यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौँ उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी नौ वटा उपत्यका बाहिरका जिल्लाहरूमा रहेका छन् ।
यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटाअन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिंगका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपादक्ष्य सौरभराज थपलियाले संयुक्त रुपमा गरेका थिए ।
समारोह उपस्थित सम्बद्ध विशिष्ट अधिकारीलाई टाटा मोटर्सका रिजनल कस्टमर केयर (दक्षिण एसिया) मेनेजर रन्धिर कुमार चौधरी तथा सिप्रदीका कस्टमर केयरका (पेसेन्जर भेहिकल)का प्रमुख कुमार भण्डारीले स्वागत गरे ।
यस तीन दिने क्याम्पमा टाटाका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले आवश्यक जाँच गरिँदै छ । जाँच गराउँदा गाडी धनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने छन् ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया