नारच्याङको सुन्तला पहिलो पटक चिस्यान गृहमा भण्डारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् ।
मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् ।
चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताए ।
“स्थानीय कृषकहरुबाट खरिद र आफ्नै बगैचाको दश हजार किलोग्राम सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु,” उनले भनेयो “चैत–वैशाखको बेसिजनमा बजारमा सुन्तला पठाउने तयारी छ ।” गुरुङले आफ्नै बारीमा फलेका र अन्य कृषकको सुन्तला खरिद गरेर भण्डारण गरेको बताए ।
अहिले प्रतिकिलो ६० रुपैयाँ देखि ७० का दरले बिक्री भएको सुन्तला चैत–वैशाखसम्म राख्दा प्रतिकिलो १६० देखि २०० रुपैयाँ सम्म बिक्री हुन्छ । याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुन सम्म सुन्तला बोटमै राख्ने गरेका थिए । रासस
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया