लुम्बिनी बैंकले सहारा एकेडेमीलाई दियो साढे २ लाख
मेरोन्यूज
२०७९ पुष १४ गते १२:००

पोखरा । लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । सहारा क्लव पोखराले दोविल्लामा एकेडेमी सन्चालन गर्दै आएको छ । त्यहाँ कठिन परिस्थितिका १० जिल्लाका १३ जना बालकहरु आश्रित छन् । बैंकले एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको हो ।
बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे । सिग्देलले सहारा एकेडेमीमा आश्रित बालबालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।
क्लबले बालकहरुको लालनपालन र शिक्षासँगै उनीहरुलाई फुटवल प्रशिक्षण दिँदै आएको छ । २०६१ सालदेखि एकेडेमी सन्चालन गरिएको हो ।
सम्बन्धित
















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया