गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

गोरखा । गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले डाक फाउण्डेशन पार्टन अफ ईक्युटीको आर्थिक सहयोगमा दुई ठाउँमा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो ।
गोरखाको वारपाक सुलीकोट गाउँपालिकामा पुस ५ र ६ गते सञ्चालन गरिएको शिविरमा एक हजार १४५ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको थियो । उक्त शिविरमा ७४ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया भएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । वारपाक सुलिकोट गाउँपालिकासँग सहकार्य शिविर सञ्चालन गरिएको हो ।
यस्तै आँबुखैरहनी गाउँपालिकासँग सहकार्यमा पुस ८ र ९ गते सञ्चालित शिवरमा ९६९ जनाको आँखा परीक्षण गरिएको छ । उक्त शिविरमा १५२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।
ती शिविरहरुमा भरतपुर आँखा अस्पतालका उपनिर्देशक एवं आँखा रोग विशेषज्ञ डा। पुष्पा गिरी श्रेष्ठको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । दुवै शिविरमा नेत्रहिन संघ पुनस्र्थापना कार्यक्रम गोरखाले सहकार्य गरेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया