रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि खुला
मेरोन्यूज
२०७९ पुष १४ गते १३:४२

काठमाडौं । नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ ।
त्यस्तै, हिल्सा–पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ । बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया