सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा
मेरोन्यूज
२०७९ पुष १४ गते १३:५२

काठमाडौं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा सुनुवाइ हुँदै छ ।
काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।
बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ ।
आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन् । सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ ।
यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ । बहस सकिएपछि इजलासले आदेश दिनेछ ।
सम्बन्धित
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया