शुक्रबार, वैशाख १८, २०८३

क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध

मेरोन्यूज २०७९ पुष १६ गते ७:२२

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्। वार्षिक १७७ मिलियन पाउण्डमा उनी ३ वर्षका लागि साउदी क्लब अल नासरमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्।

Advertisement
NiccNicc

३७ वर्षीय रोनाल्डोले फुटबल इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिक लिएर एसियाली मुलुक साउदी गएका हुन्। साउदी क्लबसँग सम्झौता गर्दै उनले आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताए।

‘म भाग्यमानी छु कि, मैले युरोपेली फुटबलमा जित्नका लागि सेट गरेको सबै कुरा जितेको छु र अहिले एसियामा मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु,’ उनले भने।

नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई क्लबमा भित्र्याउनु नै इतिहास बना निर्माण गरेको बताएको छ।

‘यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट संस्करण हुन प्रेरित गर्नेछ’, क्लबले भनेको छ।

प्रतिक्रिया