वागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

चितवन । वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दसौं पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटौंडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
मन्त्रालयको प्रतिवेदनअनुसार वागमती प्रदेशमा एक लाख ६३ हजार तीन सय नौ मेट्रिक टन मासु उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा वाग्मती प्रदेशमा एक लाख १३ हजार चार सय ३२ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ ।
साथै प्रदेशमा कूल अण्डा उत्पादन आठ लाख ९९ हजार तीन सय ३५ गोटा रहेको छ । प्रतिवेदनमा उल्लेख गरिएको अनुसार वाग्मती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कूल मासु उत्पादन तथा अण्डा उत्पादनमा क्रमशः २२ र २६ प्रतिशत रहेको छ ।
मकवानपुर जिल्लामा मात्र वार्षिक रुपमा ६ हजार सात सय ७१ मेट्रिकटन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिकरुपमा २१ लख ३० हजार कुखुरा तथा चार हजार तीन सय हाँस गरी जम्मा २१ लाख ३४ हजार सात सय ३८ वटा कुखुरा र हाँसपालन भइरहको सो मन्त्रालयले जनाएको छ । जिल्लामा ३६ हजार पाँच सय गोटा अण्डा उत्पादन हुने गरेको छ ।
मन्त्रालयका डा. निशान्त शर्मा गेलालले प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरेर सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकरी दिए।
प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश,२०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको वाग्मती प्रदेश सरकारले किसानलाई लक्षित गरेर रु पाँच करोडको बजेट छुट्याएर स्थायी क्षतिपूर्ति कोषसमेत स्थापना गरी सञ्चालन गरिएको उनले बताए ।
साथै किसानहरुको वर्गीकरण गरेर परिचयपत्र गरिने र उत्पादित वस्तुको बजार उपलब्ध गराउनुपर्ने समेत डा गेलालको भनाइ रहेको छ । भेटेरिनरी अस्पताल मकवानपुर हेटौंडाका प्रमुख डा व्रजकिशोर ठाकुरले प्रदेशभित्र दानाको परीक्षण र गुणस्तरसम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्र्ने बताए।
मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले मकवानपुरमा पोल्ट्री व्यवसायीको सङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै विगतमा तीन हजार मकवानपुरमा पोल्ट्री व्यवसायी रहेकामा अहिले घटेर एक हजार मात्र रहेको जानकारी दिए । किसानले उत्पादन र लगानी गरेको आधारमा बजार मूल्य नपाएको बताउँदै पोल्ट्री व्यवसायसँग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आउनुपर्ने धारणा व्यक्त गरे । दसौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमको अवसरमा सो मन्त्रालय र पोल्ट्री व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरिरहेको छन् ।
















मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया