नेपाल टी–२० लिग : काठमाडौंको तेस्रो जित

काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो ।
सुनाम गौतम र रायन बर्लको उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहोरोको उत्कृष्ट बलिङप्रेरित जनकपुर सहज जित निकाल्न सफल भयो । यस जितसँगै काठमाडौं पाँच खेलमा ६ अंक जोडेर तेस्रो स्थान छ । जनकपुक ६ खेलमा आठ अंकका जोडेर दोस्रो स्थानमा यथावत् छ ।
काठमाडौंले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।१ ओभरमा सवै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । जनकपुरका लागि सराफुद्दिन असरफलले ३१ बलमा तीन छक्का र दुई चौका मद्दतमा सर्वाधिक ३७ रनको योगदान दिए ।
यसैगरी सोमपाल कामीले २१ तथा खडक बोहोराले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । आठौं विकेटका लागि सराफद्दिन र सोमपालले ५४ रनको साझेदारी गरेका थिए । काठमाडौंका लागि अविनाशले चार,अज्मतुल्लाह ओमरजाईले दुई तथा अनिल खरेल र वसिर अहमदले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८० रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि सुनामले ४७ बलमा समान चार चौका र छक्का मद्दतमा सर्वाधिक ६२ रनको योगदान दिए । यसैगरी रायनले ४० बलमा चार चौका र तीन छक्का मद्दतमा अविजित ६१ रन बनाउँदा एलेक्स ब्लेकले २० तथा अज्मतुल्लाह ओमार्जाइले १० रन जोडे ।
चौथो विकेटका लागि सुनाम र एलेक्सले ८४ रनको साझेदारी गरेका थिए । जनकपुरका लागि जितेन्द्र मुखियाले तीन तथा सराफुद्दिन असरफ र कप्तान ट्रिभोन ग्रिफिथ समान एक विकेट लिए । आइतबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सको सामान गर्नेछ ।
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया