चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन

नेपालगञ्ज । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिए ।
उनका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि छ सय ९३ निवेदन परेकामा दुई सय ४९ जना मात्र फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेर घरपरिवारको सम्पर्कमा नरहेका व्यक्तिका आफन्तले माइती नेपालमा खोजतलास तथा उद्धारका लागि निवेदन दिएका थिए ।
“महिला तथा बालबालिका खोजतलासका लागि हामीकहाँ निवेदन परेकामध्ये दुई सय ४९ जना फेला परे पनि चार सय ४४ जना अहिलेसम्म सम्पर्कमा छैनन्”, संयोजक कोइरालाले भने, “घरपरिवारले दिएको निवेदनका आधारमा हामीले खोजतलास गरिरहेका छौँ तर अझै सम्पर्क हुन सकेको छैन ।”
सो अवधिमा जोखिमपूर्ण यात्रामा रहेका पाँच सय २९ जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता पठाएकामा गत वर्ष चार सय ३४ जनालाई फिर्ता पठाइएको थियो । घरपरिवारसँगको सल्लाहबिना रोजगारी, विवाह वा घुम्न जाने बहानामा यहाँको नाकाबाट भारततर्फ जान लागेका उनीहरुलाई फिर्ता पठाइएको उनको भनाइ थियो ।
उक्त नाका भएर जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका रहेको पाइएको छ । सन् २०२२ मा सबैभन्दा बढी सुर्खेतका ८६ र बाँकेका ८२ जनाले जोखिमपूर्ण यात्रा गरेका थिए । सामाजिक सञ्जालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समयमा मानव बेचविखन तथा ओसारपसारको जोखिम बढेको संयोजक कोइरालाले बताए ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया