बिहीबार, माघ १५, २०८२

प्रधानमन्त्री प्रचण्डले भने : पोखरापछि निजगढ विमानस्थलको पालो

मेरोन्यूज २०७९ पुष १७ गते १५:३९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी दिनमा निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन समारोहमा बोल्दै उनले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलबारे बोलेका हुन् । निजगढबारे विवाद हुँदै आएको अवस्थामा प्रधानमन्त्रीले विमानस्थल बनाउने बताएका हुन् ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले दिएको आदेशपछि निर्माण कार्य रोकिँदै आएको छ । सरकारले गठन गरेको विज्ञको समूहले बाराको निजगढमै विमानस्थल बनाउन सकिने निष्कर्षसहित प्रतिवेदन पेश गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले कास्कीबासीको चाहना पूरा भएको भन्दै पोखरा विमानास्थलले देशकै अर्थतन्त्रमा योगदान बनाउने दाबी गरे ।

प्रतिक्रिया